PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

गुहेश्वरीमा यस्तो देखियो छठको रौनक

गुहेश्वरीमा यस्तो देखियो छठको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमवारदेखि शुरु भएको हो।

गुहेश्वरीमा पनि छठको अवसरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्। त्यहाँ बनाइएको छठ घाट पुगेर श्रद्धालुहरुले छठी माताको पूजा गरेका छन्।

गत वर्ष कोरोना संक्रमणका कारण गुहेश्वरीमा छठ पर्व भएको थिएन। यस वर्ष भने पहिलाझैँ छठ मनाउन गुहेश्वरी क्षेत्रमा तयारी गरिएको थियो।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell