PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

वीरगंजको घडीअर्वा पोखरीमा ‘सझिया घाटे’को रौनक

वीरगंजको घडीअर्वा पोखरीमा ‘सझिया घाटे’को रौनक

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : लोक आस्थाको पर्व छठ धुमधामको साथ मनाइदैँछ। मुलुककै प्रसिद्ध छठ घाटमध्येको वीरगंजको घडीअर्वा पोखरीलाई दुलहीझैँ सजाइएको छ।

छठको अवसरमा घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गर्दै छठको ‘सझिया घाटे’को विधि समाप्त भएको छ। भाकल गर्नेहरुले कोशी भर्ने पूजा पनि शुभारम्भ गरेका छन्।

घडीअर्वा पोखरीमा वर्तालुहरुको श्रद्धा र दर्शनार्थीहरुको भीडभाड देखियो। छठ पूजा गर्दा पुत्र लाभ, घरपरिवारमा शान्ति समृद्धि तथा आपसी सद्भाव बढने जनविश्वास छ। यस्तो देखियो वर्तालु तथा सर्वसाधारणको घडीअर्वा पोखरीमा छठको उल्लास।



ट्रेन्डिङ पोस्ट

Ncell