PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, को - को बन्दैछन् मन्त्री?



निशा गुरुङ

मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, को - को बन्दैछन् मन्त्री?

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्न लागेका हुन्। मुख्यमन्त्री पाण्डेले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन्। स्रोतका अनुसार जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र लामा स्वास्थ्य मन्त्री बन्दैछन्।

उनीहरुको दिउँसो ५ बजेका लागि सपथ ग्रहणको तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरिसकेको छ।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन्। भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell