PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ट्वीटर सर्वेक्षणपछि इलोन मस्कले बेचे टेस्लाको शेयर



पहिलोपोस्ट

ट्वीटर सर्वेक्षणपछि इलोन मस्कले बेचे टेस्लाको शेयर
Photo : Getty images

विश्वकै धनी व्यक्ति इलोन मस्कले टेस्लाको शेयर बेचेका छन्। उनले इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको पाँच अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका हुन्। उनले टेस्लाको करिब ४ बिलियन अमेरिकी डलरको शेयरसहित करिब १ बिलियन अमेरिकी डलरको अन्य शेयर पनि बेचेको बीबीसीले उल्लेख गरेको छ।

ट्वीटरमा शेयर बेच्ने कि नबेच्ने भनि गरिएको सर्वेक्षणमा करिब ५७.९ प्रतिशतले शेयर बेच्ने भनि मत जनाएका थिए। उनले सर्वेक्षणबाट आउने नतिजाको सम्मान गर्ने बताएका थिए। जसअनुसार उनले आफ्नो वाचा अनुसार शेयर बेचेका हुन्। धेरैले शेयर बेच्न भनेको परिणाम आएको दुई दिनमा टेस्लाको शेयरको मूल्य करिब १६ प्रतिशत घटेकोमा हाल मूल्यमा केही सुधार भएको बताइन्छ।

मस्कले आफूले कम्पनीमा तलब नलिने भन्‍दै शेयरमै भुक्तानी लिँदै गरेको समेत बताएका छन्।

दुई खर्ब ८० अर्ब अमेरिडी डलर बराबरक सम्पत्ति रहेको मस्कले सन् २०१६ पछि पहिलोपटक शेयर बेचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell