PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण लिएर सुरु भयो जनगणना २०७८



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण लिएर सुरु भयो जनगणना २०७८

काठमाडौं : राष्ट्रिय जनगणना २०७८  आजबाट सुरु भएको छ। 

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्। विभागका महानिर्देशकले राष्ट्रपति भण्डारीको लगत लिएर जनगणना सुरु गरेका हुन्।

आफ्नो विवरण दिएपछि राष्ट्रपति भण्डारीले जनगणनालाई सफल बनाउन सबैमा आह्वान गरेकी छिन।

नेपालमा विसं १९६८ देखि जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ। 'केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना विक्रम संवत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell