PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने



पहिलोपोस्ट

डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने

बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिको माहोल फर्काइदिएको छ। सिनेमाहल हाउसफूल हुन थालेपछि नेपाली फिल्म निर्माता पनि आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न कस्सिएका छन्।

निर्देशक सुर्दशन थापाले पनि फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति तय गरेका छन्। 'म यस्तो गीत गाउँछु २' आगामी माघ १९ गते रिलिज हुने भएको छ।

यो फिल्म २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको निर्माण टिमको दाबी छ। तर कोरोना महामारीबिच लकडाउन भएसँगै फिल्म रिलिज हुन सकेको थिएन। डेढ वर्षपछि निर्देशक थापाले माहोल सामान्य बन्दा फिल्मको प्रदर्शन मिति 'फिक्स' गरेका हुन्।

उनले कुनै एउटा चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले यो फिल्म रिलिज गर्न लागेको बताएका छन्।

पुजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको मुख्य भूमिका रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell