PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

पशुपति-काशी विश्वनाथ मोटरसाइकल र्‍याली सुरु, 'नेपाल-भारतका चार धामलाई शिव सर्किटमा विकास गर्न सकिन्छ'



पहिलोपोस्ट

पशुपति-काशी विश्वनाथ मोटरसाइकल र्‍याली सुरु, 'नेपाल-भारतका चार धामलाई शिव सर्किटमा विकास गर्न सकिन्छ'

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले शिवले बास गरेका चारधामलाई समेटेर 'शिव सर्किट कनेक्शन' को रुपमा विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथ गरी उक्त चार धामलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्न सकिने बताएका हुन्।

यो सर्किटको विकास गर्न सकेमा संसारभरका हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने बताए। साथै, यसले धार्मिक आस्था बढेर जानुका साथै धार्मिक पर्यटनमा पनि टेवा पुग्ने उनले बताए।

५० भन्दा बढी युवा राइडरहरु सहभागी पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍याली काठमाडौंको पशुपतिनाथबाट सुरु भएको छ। यसमा सहभागि युवा राइडरहरू भारतको कासी विश्वनाथसम्मको झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

र्‍याली उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री आलेले नेपाल–भारतबीचको सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको समेत भएकाले विश्वनाथ मन्दिर दर्शन गर्ने हिन्दुले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथदेखि काशी विश्वनाथसम्मको मोटरसाइकल र्‍यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमाका साथै धार्मिक पर्यटन विकासको सम्भावना उच्च रहने विश्वास व्यक्त गरे।

त्यसैगरी, कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिर दुई देशको सभ्यताको प्रमुख चिह्न भएको बताए। यी दुई धार्मिक स्थलहरु दुई देशको समाजलाई जोडेर सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रुपमा पनि रहेको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell