PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

१० बुँदे कार्यान्वयन गर्न कुनै समस्या छैन : ईश्वर पोखरेल



पहिलोपोस्ट

 १० बुँदे कार्यान्वयन गर्न कुनै समस्या छैन : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको दाबी गरे।

'१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ', उनले भने, 'कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ।'

महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुंगो लागि नसकेको पनि महासचिव पोखरेलले बताए।

वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, 'सल्लाह हुन बाँकी नै छ।'

नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह–संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शङ्कर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञवाली आएका हुन्।

यसैगरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आउनुभएको हो । उहाँहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिनुभएको छ ।

बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ। बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहनेछन् । नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गते सम्म महाधिवेशन हुँदैछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell