PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सर्वोच्च अगाडि जब महिलाहरुले गरे धर्ना बिथोल्ने प्रयास, प्रधानन्यायाधीशको पक्षमा लगाइरहेका थिए नारा

सर्वोच्च अगाडि जब महिलाहरुले गरे धर्ना बिथोल्ने प्रयास, प्रधानन्यायाधीशको पक्षमा लगाइरहेका थिए नारा

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन गर्दा सर्वोच्च अगाडि मुठभेड भएको छ। बारले आज प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा प्रवेश गर्न नदिने तयारी गरेपछि सर्वोच्च परिसरमा कानुन व्यवसायी र केही महिलाहरुबीच मुठभेड भएको हो।

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गरेका महिलाहरुले बारका पदाधिकारी तथा कानुन व्यवसायी सर्वोच्चतिर अगाडि बढ्दा थुक्नसमेत पछि परेनन्। उनीहरुले कानुन व्यवसायी दिनेश त्रिपाठीको टोपीसमेत थुतेका थिए। धकेलाधकेल हुँदा कानुन व्यवसायीहरु पनि ती महिलाहरुमाथि जाइलागेका थिए।

महिलाहरु अगाडि बढेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन्। 'चोलेन्द्र शम्शेर जिन्दावाद, दिनेश त्रिपाठी मुर्दावाद, रमन श्रेष्ठ मुर्दावाद' भन्दै उनीहरुले नाराबाजी गरेका थिए। उनीहरु प्रधानन्यायाधीश जबराका पक्षधर ‘अभियन्ता’ भएको बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell