PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

बारको अवरोधबिच प्रधानन्यायाधीश सर्वोच्च भित्र प्रवेश, मूल ढोका बाहिर प्रदर्शन भइरहँदा अर्कै ढोकाबाट भित्र पसे

बारको अवरोधबिच प्रधानन्यायाधीश सर्वोच्च भित्र प्रवेश, मूल ढोका बाहिर प्रदर्शन भइरहँदा अर्कै ढोकाबाट भित्र पसे

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल बार एशोसिएशनको प्रदर्शनबिच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत भित्र प्रवेश गरेका छन्।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भन्दै बारले सर्वोच्चको मूल ढोका बाहिर प्रदर्शन गरिरहेका बेला राणा भने महान्यायधिवक्ता कार्यालयसँगको अर्को ढोका बाट भित्र छिरेका हुन्।

कडा सुरक्षाबिच प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश गर्दै गर्दा मूल ढोका बाहिर रहेका बार सदस्यहरु भने राणाविरुद्ध नारा लगाइरहेका थिए।

बारले आज सर्वोच्चको कुनै पनि इजलासमा बहस नगर्ने निर्णय गरेको छ। बिहीवार सर्वोच्च परिसरमा प्रहरी लगाएर आफूहरुमाथि नियोजित रुपमा राणाले दमन गरेको बारले आरोप लगाएको थियो। बिहीवार सर्वोच्चको मूल ढोका तिर जान खोज्दा प्रहरीसँग भएको घम्साघम्सीमा केही अधिवक्ता घाइते भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell