PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सिनेमा हलमा प्रदर्शनमा आयो हलिउड फिल्म ‘इटरनल्स’



पहिलोपोस्ट

सिनेमा हलमा प्रदर्शनमा आयो हलिउड फिल्म ‘इटरनल्स’

नेपाली सिनेमा हलमा आजदेखि हलिउड फिल्म ‘इटरनल्स’ प्रदर्शनमा आएको छ। मार्भल सिनेम्याटिक युनिभर्सको प्रोडक्सनमा बनेको फिल्म शुक्रवारबाट रिलिज भएको हो।

सुपर ह्युमन पावर फिल्म ‘इटरनल्स’ लाई क्लोइ झाओले निर्देशन गरेकी हुन्। निर्देशक झाओले यस वर्षको उत्कृष्ट निर्देशकको रुपमा अस्कर अवार्ड समेत जितेकी थिइन्।

पृथ्वीको इतिहास र सभ्यतालाई जोगाउन सुपरहिरोहरुले गरेको संघर्षलाई यस फिल्ममा देखाइएको छ। फिल्ममा गैम्मा चान, रिचर्ड मेड्डन, एन्जेलिना जोलीलगायतको अभिनय रहेको छ।

हाल अक्षयकुमार अभिनित बलिउड फिल्म ‘सूर्यवंशी’ का साथै हलिउड फिल्म ‘साङची’, ‘डुन’ र ‘भेनमः लेट दियर बी कारनेज’ पनि नेपाली सिनेमा हलमा प्रदर्शन भइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell