PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमालेको महाधिवेशन लोगो सार्वजनिक, 'गैँडाको हात'मा कम्युनिस्ट झण्डा



पहिलोपोस्ट

एमालेको महाधिवेशन लोगो सार्वजनिक, 'गैँडाको हात'मा कम्युनिस्ट झण्डा

काठमाडौं : नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ। 

चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनका लागि तयार भएको लोगोमा गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको देखिन्छ। साथै अगाडि सूर्य चिह्न अंकित छ। पृष्ठ भूमिमा अंग्रेजीको १० देखिन्छ। 

'दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ', 'जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ' भन्ने नारासहित महाधिवेशन चितवनमा हुँदैछ। 

महाधिवेशनको उद्घाटन नारायणी नदी किनार तथा बन्दसत्र सौराहामा हुनेछ। महाधिवेशनमा एमालेले कपडाको ब्यानर तथा कागजको पर्चाको प्रयोग नगर्नेसमेत भएको छ। 

महाधिवेशन तयारी सम्बन्धी पार्टीको प्रचार विभागले गरेको कार्यक्रममा महाधिवेशनको प्रचारका लागि होडिङबिर्ड र डिजिटल बोर्डको प्रयोग गरिने जानकारी विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए। महाधिवेशनमा पार्टी सरकारमा हुँदा गरेका कामका भिडियो बनाएर प्रचार गरिने समेत उनले जानकारी दिए। 

महाधिवेशन अगाडि नै ७५३ पालिकामा अन्तर्क्रिया गरिने तथा बुद्धिजिवी परिषदको आयोजनामा मुख्य शहरमा अन्तर्क्रिया गरिने भट्टराईले बताए।

त्यस्तै, मंसिर ७ गते ठुला शहरमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने समेत एमालेले जनाएको छ। मुख्य मार्ग र सहायक मार्गमा पार्टी केन्द्र र जनवर्गीय संगठनले स्वागत द्वार बनाउनेसमेत जनाइएको हो 

एमालेले महाधिवेशनका लागि चितवनमा सञ्चारकर्मीका लागि प्रचार डेस्कको स्थापना गर्नेछ। सो डेस्कमा उच्च क्षमताको इन्टरनेटको व्यवस्था गरिने एमालेले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell