PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुन्छ : एमाले महासचिव पोखरेल



पहिलोपोस्ट

महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुन्छ : एमाले महासचिव पोखरेल

काडमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० औं महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने बताएका छन्। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

उनले देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको भन्दै केन्द्रीय नेतृत्व चयन पनि सहमतिमै गर्ने बताए। उनले महाधिवेशनमा तीन किसिमका प्रतिनिधिहरु रहने जानकारीसमेत दिए। जसमा पदेन, निर्वाचित र मनोनित प्रतिनिधि हुनेछन्। प्रतिनिधि छनोटका लागि भोली शनिवार निर्वाचन हुनेसमेत उनले जानकारी दिए। 

नेपालको राजनीति दूई ध्रुबमा विभाजित भएको भन्दै महासचिव पोखरेलले एउटाको नेतृत्व ओलीले र अर्को नेतृत्व गठबन्धनले गरिरहेको बताए। ओली नेतृत्वको वरिपरि गोलबद्ध हुनका लागि र देशलाई सहि दिशा दिनका लागि पनि महत्त्वपूर्ण रहेको भन्दै उनले भने, 'हामी विलकुल सहमतिका साथ नेतृत्व चयन गर्छौ। देशभरिको सिनारियो पनि छ। नेशनल पोलिटिक्सको नेतृत्व गरिरहेको कुरालाई अझ प्रभावकारी ढंगले पुष्टि हुनेछ।' 

एमालेको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले ओलीलाई अध्यक्ष निर्वाचित गर्ने गरी सहज बाटो खुला गरेको थियो। पोखरेलले महाधिवेशनमा वरिष्ठ उपाध्यको आकांक्षी हुन। तर, उनले सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्। अर्को तिर उपाध्यक्ष भीम रावलले पनि अध्यक्षमा उम्मेद्वारी दिने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell