PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पौडेल समूहबाट टाढिए प्रकाशमान सिंह, पुगेनन् बत्तिसपुतली भेलामा



पहिलोपोस्ट

पौडेल समूहबाट टाढिए प्रकाशमान सिंह, पुगेनन् बत्तिसपुतली भेलामा

काठमाडौं : नेपाली कांग्रेसलाई महाधिवेशनको चटारो छ। तर, पटकपटक महाधिवेशनको मिति सर्दा महाधिवेशन हुने हो कि होइन भन्नेमा कांग्रेस नेताहरु नै सशंकित छन्।

रामचन्द्र पौडेल पक्षधर नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको पक्षमा नरहेको आरोप लगाइरहेका छन्। जति महाधिवेशनको मिति परिवर्तन हुँदैछ त्यति नै पौडेल समूहमा खटपट बढ्दै गएको छ। सभापतिको आकांक्षी धेरै हुँदा पनि उक्त समूहमा विवाद बढेको हो।

केही समयअघि मात्रै सुजाता कोइरालाले पौडेल समूह छोडेकी थिइन्। अहिले भने प्रकाशमान सिंह पनि पौडेल समूहबाट टाढिएका छन्। देउवाको आलोचनामा धेरै समय खर्चिँदै आएका सिंहले केही दिन अघि मात्रै पौडेलबाट पनि कांग्रेस नचल्ने बताएका थिए। उनले कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यक रहेको  बताउँदै आएका छन्। पार्टी सभापतिमा बलियो दाबेदार आफू नै भएको भन्दै उनले नेतृत्वमा आफू पुगि छाड्ने बताउँदै आएका छन्।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भनेका थिए, ‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन।’

सभापति पदमा लड्ने भन्दै विमलेन्द्र निधिले घोषणा गरिसकेका छन्। शंशाक कोइरालापनि सभापति पदका आकांक्षी हुन्। यी दुवै नेतासँग सिंहले पटकपटक छलफल गरेर नेतृत्वको बारेमा कुरा गरिसकेका छन्। पौडेल समूहमा पनि उनले नेतृत्वको दाबी गर्दै आएका छन्। तर पछिल्लो समय प्रकाशमान पौडेल समूहबाट टाढिँदै गएका हुन्।

शुक्रवार बत्तिसपुतलीमा आयोजित पौडेल समूहको भेलामा सिंह पुगेनन्। पौडेल समूहबाट शंशाकसहित शेखर कोइराला, गगन थापा, दीलेन्द्र बडु, चन्द्र भण्डारी, अर्जुननरसिंह केही, रामशरण महत लगायतका नेता हाल छलफलमा छन्। तर, उक्त भेला प्रकाशमानले बहिष्कार गरेका हुन्।

उक्त भेलामा आइतवार बस्ने केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell