काठमाडौं : देशभर थप ३९७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ६६ नमुना परीक्षण गर्दा जम्मा तीन सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा ९ हजार एक सय ३४ जनाको आरटी-पीसीआर परीक्षण गर्दा तीन सय ५५ र एक हजार नौ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसबीच सो अवधिमा तीन सय ८९ जना संक्रमित संक्रमण मुक्त भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप तीन जन संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ६९ पुगेको छ।
हाल नेपालमा सात हजार चार सय ९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
९३ हजार बढीलाई खोप
यसैबीच पछिल्लो चौविस घण्टामा थप ९३ हजार छ सय ९५ जनालाई कोभिड-१९ विरुद्धको खोप प्रादन गरिएको छ।
पछिल्लो शुक्रवार दिउसो २ बजेसम्म ३१ हजार एक सय ३६ जनालाई अस्ट्राजेनेकाको पहिलो मात्रा र १६ हजार नौ सय १२ जनालाई दोस्रो मात्रा दिइएको छ।
त्यस्तै २७ हजार छ सय ३५ जनालाई भेरो सेलको पहिलो मात्रा र १८ हजार १२ जनालाई दोस्रो मात्रा खोप दिइएको छ।
योसँगै हालसम्म ८८ लाख ११ हजार तीन सय ३२ जनाले कम्तिमा पहिलो मात्रा खोप पाएका छन् भने ७५ लाख २० हजार ३४ जनाले पूर्ण मात्रा खोप पाइसकेका छन्। जुन कुल जनसंख्याको अनुपातमा कम्तिमा पहिलो मात्रा लगाउने २९ प्रतिशत र पूर्ण मात्रा लागाउने २४.८ प्रतिशत हो।
