PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एकीकृत समाजवादीका मन्त्रीले पार्टीको केन्द्रीय कमिटी बैठकमा कार्ययोजना सुनाउनु पर्ने



पहिलोपोस्ट

एकीकृत समाजवादीका मन्त्रीले पार्टीको केन्द्रीय कमिटी बैठकमा कार्ययोजना सुनाउनु पर्ने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकबाट पार्टीको दृष्टिकोण सार्वजनिक गर्ने निर्णय गरेको छ। बुधवार पार्टी कार्यालयमा बसेको बैठकले शुक्रवार र शनिवार बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ऐजेण्डाका बारेमा छलफल गरेको थियो।

पार्टी कार्यालयका सचिव गंगालाल तुलाधरले केन्द्रीय कमिटीको बैठकमार्फत विभिन्न ऐजेण्डामा छलफल गरेर पार्टीको दृष्टिकोण तयार पारिने बताए।

‘पार्टीको दृष्टिकोण प्रष्ट पार्छौँ। सात वटा प्रदेशबाट रिपोर्टिङ लिने काम गर्नेछौँ। अध्यक्षको मन्तव्य राखेर केन्द्रीय कमिटीको बैठक सकिने छ,’ उनले भने।

केन्द्रीय कमिटीको बैठक पार्टीको भेलाका रुपमा अघि बढ्ने उनले बताए। यस्तै, सरकारमा सहभागी भएका मन्त्रीहरुले केन्द्रीय कमिटीको बैठकमा कार्ययोजना प्रस्तुत गर्ने छन्। त्यसको नेतृत्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले गर्ने तुलाधरले बताए।

‘विरोध खतिवडाले मन्त्रीले पालना गर्ने आचारसंहिता र कार्ययोजना प्रस्तुत गर्नु हुनेछ,’ उनले भने।

प्रदेशमा आफ्ना पार्टीका मुख्यमन्त्री चयन भएको र उनीहरुले पनि आफ्नो कार्ययोजना प्रस्तुत गर्ने एकीकृत समाजवादीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell