PahiloPost

Jun 15, 2026 | १ असार २०८३

समूहभित्र सहमति नभए शेरबहादुरजीलाई नै सभापति पद बुझाइदिए हुन्छः महामन्त्री कोइराला



पहिलोपोस्ट

समूहभित्र सहमति नभए शेरबहादुरजीलाई नै सभापति पद बुझाइदिए हुन्छः महामन्त्री कोइराला
फाइल फोटो

काठमाडौँः नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालाले सभापतिको उम्मेदवारका लागि आफ्नो समूहभित्र सहमति नभए पराजय हुने बताएका छन्। समूहभित्र सहमति नभए वर्तमान सपापति शेरबहादुर देउवालाई नै पद बुझाए हुने समेत कोइरालाले टिप्पणी गरेका छन्। 
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको भेलापछि कोइरालाले सहमतिमा जोड दिएका हुन्। 

कोइरालाले पार्टी नेता प्रकाशमान सिंह समेत आफूहरुसँगै रहेको बताएका छन्। शुक्रबारको भेलामा सिंह अनुपस्थित भएपछि पौडेल समूहबाट टाढिएको अनुमान गरिएको थियो। तर, कोइरालाले सिंह काठमाडौँ बाहिर रहेका कारण भेलामा अनुपस्थित भएको बताएका छन्। 

पौडेल पक्षमा अहिले सभापतिका लागि चार जना आकांक्षी छन्। पौडेलसँगै वर्तमान महामन्त्री कोइरालाले पनि दाबी गरिरहेका छन्। यस्तै, नेता शेखर कोइराला र सिंहले पनि सभापतिमा दाबी गरेका छन्। 

शुक्रबारको भेलाले सभापतिको उम्मेदवार औपचारिक रुपमा आसन्न केन्द्रीय कमिटी बैठकपछि मात्र तय हुन समझदारी गरेको नेता चन्द्र भण्डारीले बताए। सभापतिका प्रत्यासी चारै जना बसेर उम्मेदवार टुंगो लगाउने भण्डारीले बताए। 

भेलामा पौडेल समूहबाट शंशाकसहित शेखर कोइराला, गगन थापा, दिलेन्द्र बडु, चन्द्र भण्डारी, अर्जुननरसिंह केही, रामशरण महत, धनराज गुरुङलगायत सहभागी थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell