PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ए डिभिजन लिगका लागि टिकट शुल्क ५०० र १००



पहिलोपोस्ट

ए डिभिजन लिगका लागि टिकट शुल्क ५०० र १००

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका लागि भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले फुटबलमा 'विकेन्ड कल्चर' विकाश हुनेगरी खेलतालिका बनाइएको बताए।

'खेलमा दर्शकको उपस्थितिलाई बढाउन फर्ड लाइटमा पनि खेलहरु खेलाइने छ,' महासचिव तुलाधरले भने। उनले दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल स्टेडियममा हुने खेलहरुमा टिकट शुल्क एउटै रहने बताए।

लिग कमिटीका डाइरेक्टर सञ्जिव मिश्रले पोखरा रंगशालामा पनि खेलहरु हुने सम्भावना भए पनि त्यसका लागि धेरै कुराहरुले फरक पार्ने बताए। र, यसका लागि अझै आफूहरु छलफलमा रहेको बताए।

प्रतियोगिताको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्। दुईवटा टोली रेलिगेशनमा जानेछन्।

त्यस्तै उत्कृष्ट गोलकिपरले गोल्डन ग्लभ्स र २ लाख, सर्वाधिक गोलकर्ताले गोल्डन बल र २ लाख प्राप्त गर्नेछन्। त्यस्तै भ्यालुएबल प्लेयरले ३ लाख र राइजिङ प्लेयरले १ लाख ५० हजार प्राप्त गर्नेछन्।

दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell