PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फ्रान्सको राष्ट्रपति भवनमा महिला सैनिकले लगाइन् सहकर्मीले बलात्कार गरेको आरोप, अनुसन्धान हुँदै



पहिलोपोस्ट

फ्रान्सको राष्ट्रपति भवनमा महिला सैनिकले लगाइन् सहकर्मीले बलात्कार गरेको आरोप, अनुसन्धान हुँदै
Photo : AP

फ्रान्सको राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्‍कारको घटनाबारे अनुसन्धान सुरु भएको छ। सरकारी अभियोजनकर्ताहरुको उक्त घटनाबारे अनुसन्धान थालेको एपीले उल्लेख गरेको छ।

अवकाश पाउन लागेका एक वरिष्ठ सैन्य अधिकारीको सम्मानमा राष्ट्रपति भवन रहेको एलिजे दरबारमा आयोजित कार्यक्रममा एक महिला सैनिकले आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी हुन्। उक्त कार्यक्रममा राष्ट्रपति इम्यानुल म्याक्रोनपनि सहभागी थिए।

आरोपित अधिकारीलाई हाल निलम्बन गरिएको छ। आरोपित सैन्य अधिकारीसँग पनि अनुसन्धानका क्रममा सोधपुछ गरिएको तर उनीविरुद्ध हालसम्म कुनै मुद्दा लगाइएको छैन। पीडित महिला र आरोपित अधिकारी राष्ट्रपति भवनको उच्च सुरक्षा कार्यालयमा तैनाथ थिए।

जुलाई १२ देखि अनुसन्धान भइरहेको भएपनि लिबिरेन अखबारले समाचार प्रकाशित गरेपछि मात्रै यो घटना बाहिर आएको हो।

एलिजे दरबारले उक्त घटनाको हाल अनुसन्धान भइरहेको भन्दै केही बताउन नचाहेको एपीले उल्लेख गरेको छ। यद्यपि, घटनाको बारेमा थाहा पाउने बित्तिकै पीडितलाई सहयोग र सुरक्षा दिइएको दरबारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell