PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कैलालीमा काँग्रेसको वडा अधिवेशन : ३७ वडामा सर्वसम्मत, बाँकीमा निर्वाचन हुँदै



पहिलोपोस्ट

कैलालीमा काँग्रेसको वडा अधिवेशन : ३७ वडामा सर्वसम्मत, बाँकीमा निर्वाचन हुँदै

कैलाली: कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ।

अहिलेसम्म जिल्लाका ३७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला कार्यसमिति कैलालीले जानकारी दिएको छ। धनगढी उपमहानगरपालिकाका मात्रै ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। तर जिल्लामा रहेका १३ पालिकाका १ सय २६ वडामध्ये अधिकांशमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन अघि बढाउने तयारी भइरहेको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ।

जिल्ला सचिव नृप सुनारले ३७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको र सहमति हुन सक्ने वडामा सहमतिको प्रयास जारी रहेको बताए। तर अधिकांश वडामा भने मतदान गर्नुपर्ने भएकाले निर्वाचन समिति त्यसको तयारीमा जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell