PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पर्साको जनगणनामा ५७० जना गणक खटिए



पहिलोपोस्ट

पर्साको जनगणनामा ५७० जना गणक खटिए

वीरगंज : ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। जनगणनाका लागि पर्सा जिल्लामा ५७० जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए।

कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ। प्रभावकारी रुपमा जनगणना गर्नका लागि पर्सा जिल्लामा ६ वटा जनगणना कार्यालय स्थापना गरिएको छ।

वीरगंज महानगरमा एक जिल्ला जनगणना कार्यालय पर्सा र महानगरको लागि परवानीपुरमा अर्को कार्यालय स्थापना गरिएको छ। त्यसैगरी,सखुवाप्रसौनी गाउँपालिकालाई समेत हेर्ने गरी पर्सागढी नगरपालिकामा कार्यालय स्थापना गरिएको छ। ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकाको लागि जिराभवानीको सेढवामा कार्यालय संचालनमा आएको छ। धोबिनी गाउँपालिका, पकाहमैनपुर गाउँपालिका र छिपहरमाई गाउँपालिकाको लागि कालिकामाई गाउँपालिकाको मुड्लीमा कार्यालय स्थापना गरिएको अधिकारी ज्ञवालीले बताए।

जनगणनाको पहिलो चरणमा सुपरिवेक्षकले घर संख्या, परिवार संख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैंक खाता आदिका बारेमा सामान्य विवरण संकलन गरी घरको सूचीकरण गरेको थियो। सूचीकरण पश्चात् दोस्रो चरणमा गणकले जात, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण जस्ता विवरण संकलन सुरु गरिएको जिल्ला जनगणना प्रमुख ज्ञवालीले जनाए ।

पर्सामा यसअघि १४२ जना सुपरिवेक्षकले सूचीकरण गरेको १ लाख १८ हजार ५१५ घरधुरीमध्ये ९३ हजार १४० घरमा मानिस बस्ने भएको थियो। यहाँ १ लाख ६२१ परिवारको गणना हुने ज्ञवालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell