PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

काठमाडौंको गैरीगाउँबाट ८ जना जुवाडे समातिए



पहिलोपोस्ट

काठमाडौंको गैरीगाउँबाट ८ जना जुवाडे समातिए

काठमाडौंः काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँ सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो। कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगद बरामद गरेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell