PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

दृश्यमा हेरिटेज गार्डेनमा एकीकृत समाजवादीको जमघट

दृश्यमा हेरिटेज गार्डेनमा एकीकृत समाजवादीको जमघट

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सानेपास्थित हेरिटेज गार्डेनमा बसेको छ। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखेर बैठक संचालन भएको हो। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटीलाई भावी योजनाका बारेमा सम्बोधन गरेका छन्।

स्वास्थ्यलाभ पछि एकीकृत समाजवादीको बैठकमा पहिलोपटक पार्टीका 'सम्मानित नेता' झलनाथ खनाल पनि सहभागी भएका छन्।

बैठकमा केन्द्रीय निकाय र विभागको पदपुर्ति, सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, समसामयिक बिषयमा छलफल हुने कार्यसूची रहेको छ।

बैठक भोलिसम्म जारी रहनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell