PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जनकपुरमा झडप: केही राउन्ड अश्रु ग्यास प्रहार, भोलि राति १० बजेसम्म निषेधाज्ञा



पहिलोपोस्ट

जनकपुरमा झडप: केही राउन्ड अश्रु ग्यास प्रहार, भोलि राति १० बजेसम्म निषेधाज्ञा

जनकपुरधाम: जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्।

स्थिति नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ। जनकपुरधाम २० देवपुपुर रुपैठामा भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell