PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गराउन मुख्यमन्त्री पोखरेलको निर्देशन



पहिलोपोस्ट

सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गराउन मुख्यमन्त्री पोखरेलको निर्देशन
तस्‍विर : मुख्यमन्त्रीको सचिवालय

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन  कर्मचारीलाई निर्देशन दिएका छन्।

लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै उनले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि निर्देशन दिए।

पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका समस्यालगायत जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना सङ्क्रमण न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकता दिने समेत बताए।

प्रदेशका जनसंख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लाको समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए। जिल्लामा निर्माणाधीन रहेको पिसिआर भवनका लागि करिब रु ५० लाख आवश्यक रहेको र यसका लागि प्रदेश सकारले सहयोग गर्न स्वास्थ्य कार्यालयका प्रमुख अमर दबाडीले मुख्यमन्त्रीसँग अनुरोध गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell