PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

त्रिविका चार पूर्वउपकूलपतिको वक्तव्य, ‘न्यायालय प्रकरणमा दलहरूको मौनता दुर्भाग्यपूर्ण’



पहिलोपोस्ट

त्रिविका चार पूर्वउपकूलपतिको वक्तव्य, ‘न्यायालय प्रकरणमा दलहरूको मौनता दुर्भाग्यपूर्ण’
फाइल फोटो

काठमाडौँः त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिहरुले न्यायालय प्रकरणमा दलहरूको मौनता आश्चर्यलाग्दो भएको बताएका छन्। आन्दोलनको निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै उनीहरूले तत्काल न्यायोचित निकासको माग गरेका हुन्। 

पूर्वउपकूलपतिहरु मशेशकुकार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले संयुक्त वक्तव्य जारी गर्दै समस्या समाधानका गम्भीर कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका हुन्। 

वक्तव्यमा जनताको सरोकारलाई सरकार र दलहरूले गैर जिम्मेवार रूपमा लिएको आक्षेप लगाउने अवस्थाप्रति पनि सचेत गराइएको छ। बार एशोसिएशनको आन्दोलनमा देखाइएको उदासीनतालाई दुर्भाग्य समेत भनिएको छ। 

वक्तव्यमा भनिएको छ। ‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एशोसिएशनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको  । गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउने नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell