PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

यी हुन् एमाले सिन्धुपाल्चोकबाट छनोट भएका दशौँ महाधिवेशनका प्रतिनिधि



पहिलोपोस्ट

यी हुन् एमाले सिन्धुपाल्चोकबाट छनोट भएका दशौँ महाधिवेशनका प्रतिनिधि

काठमाडौंः आसन्न दशौँ महाधिवेशनका लागि नेकपा (एमाले) सिन्धुपाल्चोकले सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको छ। प्रतिनिधि छनोटका लागि गठित निर्वाचन समितिका अनुसार दुबै निर्वाचन क्षेत्रका सबै समूहका प्रतिनिधि सर्वसम्मतिमा चयन भएका हुन्।

समितिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा खुलातर्फ निमफुञ्जो शेर्पा,  भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारयण श्रेष्ठ, केदार क्षेत्री र सागर घिमिरे चयन भएका छन्।

यस्तै महिलातर्फ हेमगंगा मोक्तान, सुशीला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा चयन भएका छन्।

यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर २ तर्फ खुलामा हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, ईश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाईं चयन भएका छन्।

यस्तै महिलातर्फ डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी, उमा प्रधान चयन भएका छन्।

सिन्धुपाल्चोकबाट दलिततर्फ चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell