PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

लुकेर बसेका सम्पदाको खोजी आजको आवश्यकता : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

लुकेर बसेका सम्पदाको खोजी आजको आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौं‌ : प्रधानमन्त्री शेरबहादुर देउवाले लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यक्ता भएको बताएका छन्। आज नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजबिन र प्रकाशन प्रमुख आवश्यक्ता भएको बताएका हुन्।

उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरुलाई समेटेर उनीहरुको संरक्षणका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले नेपालका खोलानाला, जातजाति, भाषाभाषी, भेषभुषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको समेत बताए।

देउवाले भने,'यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरु छन्। प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ति प्राज्ञिक कुराहरु छन्। नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका कयौँ सम्पदाहरु छन्। यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो।’

देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्नेमा जोड दिए। देश भौतिकरुपमा जति नै सम्पन्न भएपनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell