PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

हरेकदिन तोकिन्छ मुद्दाको पेसी तर हुँदैन सनुवाइ : सर्वोच्चबाट न्यायको पखाईमा नागरिक



पहिलोपोस्ट

हरेकदिन तोकिन्छ मुद्दाको पेसी तर हुँदैन सनुवाइ : सर्वोच्चबाट न्यायको पखाईमा नागरिक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

जबराले १० वटा इजलासमा पेसी तोकेका हुन्। तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन्। उनले आज पनि आफ्ना लागि भने कुनै इजालास पेसी तोकेनन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशहरुले सुनुवाइ बहिष्कार गर्दै आएका छन्। न्यायाधीशहरुले जबराको राजीनामा माग गर्दै आएका छन्। यस्तै, नेपाल बार एशोसिएशनले पनि जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन्।

बारले जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन गरिरहेको छ। शुक्रवार मूल गेट बाहिर प्रदर्शन गरेको बारले आज सर्वोच्च परिसर भित्र नै प्रदर्शन गरेको थियो। तर, दुवै दिन प्रधानन्यायाधीश जबरा वैकल्पिक ढोकाबाट सर्वोच्च प्रवेश गरे। 

बारले सबै इजलासमा बहस बहिष्कार गर्दै आफ्नो आन्दोलन सर्वोच्च केन्द्रीत बनाउने बताएको छ। जबराको राजीनामा बिना न्यायलय चल्न नसक्ने बारको अडान छ। न्यायाधीश पनि जबराको विपक्षमा रहँदा सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन। बिचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको थियो। तर, हाल बन्दी प्रत्यक्षीकरणको मुद्दाको समेत सुनुवाई भएको छैन।

अदालतमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ भएको छैन। यसबाट न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell