PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने



पहिलोपोस्ट

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने
Photo : Koimoi

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो।

यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो।

यो फिल्म नेटफ्लिक्समा ४ डिसेम्बरमा रिलिज हुनेछ। यससँगै ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell