PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिमपहिरो, ९ जना घाइते



पहिलोपोस्ट

धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिमपहिरो, ९ जना घाइते
स्क्रिनसट

पोखरा : मुस्ताङको धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिम पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो।

जिल्लाको थासाङ गाउँपालिका-२ मा पर्ने खोला माथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट  खोला लगायतमा बसोबास गर्ने स्थानीयको भागदौड भएको थियो।

हिमपहिरो देखेर भाग्दा नाउरिकोटमा स्थित श्री आदर्श माविका शिक्षक र विद्यार्थी गरि ९ जना घाइते भएका छन्। भागदौडका क्रममा चोटपटक लागेका उनीहरु जिल्ला अस्पतालमा उपचाररत् रहेको प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।

प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले हिम पहिरो रोकिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell