PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रधानन्यायाधीशको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीहरु धर्नामा



पहिलोपोस्ट

प्रधानन्यायाधीशको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीहरु धर्नामा

जनकपुरधाम : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीहरुले जिल्ला अदालतमा धर्ना दिएका छन्। अदालतको मुख्य गेटमा अवरुद्ध गर्दै धर्नामा बसेका छन् ।

नेपाल बार एसोसिएसन जनकपुरले पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान साढे ११ बजेदेखि अदालतको मुख्य गेट अवरुद्ध गरेका हुन्। हातमा कालोपट्टी बाँधेर धर्नामा बस्दै उनीहरुले जबराको राजीनामाको माग गरेका हुन् ।

माग पूरा नभएसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता जाउँदै आफुहरु पनि धर्नामा बस्ने उनीहरुले बताएका छन्।

अदालतको इजलास अवरुद्ध गरेर कानुन व्यवसायीहरुले आन्दोलन गर्दा सेवाग्राहीलाई मर्का पर्नुका साथै कामकाज समेत प्रभावित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell