PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

थप ३ सय ६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप ३ सय ६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार  ९ हजार ६ सय ६ जनामा गरिएको परीक्षणमा ३ सय ६ जनामा संक्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर  सक्रिय संक्रमितको सङ्ख्या ७ हजार २ सय १५ रहेका छन्।

२४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर कोरोना संक्रमण भएका ११ हजार ४ सय ७७ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell