PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रारा म्याराथन वैशाख ११ मा, रारादेखि जुम्लासम्म दौड हुने



पहिलोपोस्ट

रारा म्याराथन वैशाख ११ मा, रारादेखि जुम्लासम्म दौड हुने

काठमाडौं : लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ। पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ।

अन्तराल इभन्ट म्यानेजमेन्टको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्सका संयोजक चक्रबहादुर चन्दले बताए।

‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ', संयोजक चन्दले भने, ‘खेलकुद विकास त मुख्य उद्देश्य हो। यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ।’

रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell