PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

१ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेन, पदाधिकारी बैठक जारी



पहिलोपोस्ट

१ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेन, पदाधिकारी बैठक जारी
देउवा निवास बुढानीलकण्ठ।

काठमाडौं : आज दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन। 

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा डाकिएको बैठक अझै सुरु हुन नसकेको हो। 

अहिले कांग्रेस पदाधिकारीको बैठक चलिरहेको छ। बैठक दुई बजेबाट सुरु भएको थियो। पदाधिकारी बैठकपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ। 

कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, गठबन्धनका विषयमा बैठकमा छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell