PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सुदर्शनको फिल्म ‘राजा’ मा राज कटुवालको मुख्य भूमिका



पहिलोपोस्ट

सुदर्शनको फिल्म ‘राजा’ मा राज कटुवालको मुख्य भूमिका

काठमाडौं : सुदर्शन थापाको फिल्म ‘राजा’को मुख्य भूमिकामा राज कटुवाल अनुबन्धित भएका छन्।

फिल्मका लागि अन्य कलाकारको छनोट जारी रहेको निर्देशक थापाले बताए। फिल्मको कथामा शिवम् अधिकारीले काम गरिरहेका छन्।

निर्देशक थापाका अनुसार 'एक्सन'ले फिल्ममा प्राथमिकताका पाउनेछ। प्रेम कथालाई पर्दामा उतार्दै आएका सुदर्शनले पहिलोपटक यो जनराको फिल्म बनाउन लागेका हुन्।

फिल्मका निर्माता परशुराम बस्नेत हुन्। नेकपा एमालेका युवा नेतासमेत रहेका बस्नेतले पहिलो पटक फिल्ममा लगानी गर्न लागेका हुन्। माघको दोस्रो साताबाट फिल्मको छायांकन सुरु गरिने निर्माण पक्षको योजना छ।

सुदर्शनको निर्देशनमै बनेको ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ क्रमश: आगामी माघ १९ गते र फागुन २७ गते रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell