PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

थप ३०६ जनामा कोभिड-१९ को संक्रमण, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप ३०६ जनामा कोभिड-१९ को संक्रमण, ६ जनाको मृत्यु
File Photo

काठमाडौं : नेपालमा थप तीन सय ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आठ हजार ८ आरटी-पीसीआर र एक हजार पाँच सय ९८ जनामा भएको परीक्षणका क्रममा तीन सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार चार सय ७७ जना पुगेको छ। 
त्यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४८ जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। 

हाल नेपालमा सात हजार दुई सय १५ जना सक्रिय संक्रमित रहेका छन्। 

यसैबीच पछिल्लो २४ घण्टामा थप १५ हजार नौ सय ६ जनालाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ। 

आइतवार दिउसो दुई बजेसम्म एक सय ३८ जनालाई पहिलो मात्रा र एक हजार चार सय १२ जनालाई अस्ट्राजेनेकाका दोस्रो मात्रा खोप दिइएको छ। त्यस्तै भेरो सेलको पहिलो मात्रा तीन हजार चार सय ७५ र दोस्रो मात्रा दश हजार आठ सय ८१ जनालाई दिइएको छ। 

हालसम्म नेपालमा ८८ लाख २८ हजार चार सय २८ जनालाई कम्तिमा पहिलो मात्रा र ७५ लाख ५३ हजार पाँच सय ६० जनालाई पूर्ण मात्रा खोप दिइएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell