PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

झन्डै ४ घन्टापछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा पेश भयो महाधिवेशनका संयोजकहरुको सूची



पहिलोपोस्ट

झन्डै ४ घन्टापछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा पेश भयो महाधिवेशनका संयोजकहरुको सूची

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका व्यवस्थित रुपमा सम्पन्न गर्न पार्टीको पदाधिकारी बैठकले संयोजकहरु तय गरेको छ। तय गरिएका संयोजकको सूची केन्द्रीय समिति बैठकमा पेश गरिँदैछ। पदाधिकारी बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक पनि सुरु भएको छ। प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी बैठकले महाधिवेशनको आवास तथा भोजन समितिको संयोजकमा सुरेन्द्र पाण्डेलाई तय गरेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए। 

उनका अनुसार प्रदेशगत आधारमा पनि संयोजकहरु तय गरिएको छ। 

प्रदेश १ मा कृष्णप्रसाद सिटौलालाई प्रस्ताव गरिएको छ। त्यसैगरी प्रदेश नम्बर २ मा रमेश रिजाल प्रस्तावित भएका छन्। वाग्मती प्रदेशमा प्रकाशमान सिंहलाई प्रस्ताव गरिएको छ। त्यसैगरी गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई प्रस्ताव गरिएको छ।

लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूर पश्चिममा दिलेन्द्रप्रसाद बडुको नाम सिफारिस भएको छ।

पदाधिकारी बैठक लाम्बिएसँगै आज दिउँसो १ बजे बोलाइएको केन्द्रीय समिति बैठक झन्डै ५ बज्न लाग्दा सुरु भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell