PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

कांग्रेस महाधिवेशनका लागि देउवाको नेतृत्वमा मूल समारोह समिति, प्रदेश अधिवेशन र अन्य समिति संयोजकमा को-को ?



पहिलोपोस्ट

कांग्रेस महाधिवेशनका लागि देउवाको नेतृत्वमा मूल समारोह समिति, प्रदेश अधिवेशन र अन्य समिति संयोजकमा को-को ?

काठमाडौँः नेपाली कांग्रेसले आसन्न महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समितिको प्रस्ताव गरेको छ। यस्तै, आवास, स्वास्थ्य, प्रचारप्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन लगायतका समितिको पनि प्रस्ताव गरिएको छ। पार्टी पदाधिकारी बैठकले गरेको निर्णलाई केन्द्रीय समिति बैठकका लागि प्रस्ताव गरिएको हो। 

केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा नेतृत्वको मूल समारोह समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, संघीय संसदका सदस्यहरु रहनेछन्

यस्तै, पदाधिकारी बैठकले केन्द्रीय सदस्य ज्ञानेन्दबहादुर कार्कीको संयोजकत्वमा अर्थ व्यवस्थापन समिति गठन गरेको छ। समितिका सदस्यहरु संयोजकले सदस्य चयन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ। 

यस्तै, आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा सुरेन्द्र पाण्डेलाई पदाधिकारी बैठकले चयन गरेको छ। विदेशी पाहुनको स्वागत तथा सत्कार समिति संयोजकमा डा. प्रकाशशरण महत, प्रचारप्रसार समिति संयोजकका प्रवक्ता विश्वप्रकाश शर्मा चयन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ। 

यस्तै, उद्घाटन समारोह र मञ्च व्यवस्थापन समितिमा काठमाडौँ, ललितपुर र भक्तपुरका  जिल्ला सभापति रहेको समिति गठन गरिएको छ।  
स्वास्थ्य समिति संयोजकमा मोहनबहादुर बस्नेत चयन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ। सांस्कृति समिति संयोजकमा सीता गुरुङलाई चयन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ। समिति संयोजकले सदस्यहरु थप गर्न सक्ने प्रवक्ता शर्माले बताए। 

यस्तै, संघीय संरचनामा हुने पहिलो महाधिवेशनमा प्रदेश अधिवेशनका लागि पनि केन्द्रले नै संयोजक तोकेको छ। 

पदाधिकारी बैठकले प्रदेश १ मा कृष्णप्रसाद  सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, 
लुम्बिनीमा बालकृष्ण खाण, कर्णाली जीवनबहादुर शाही र सुदूरपश्चिम दिलेन्द्रप्रसाद बडुलाई संयोजक बनाएको छ। सबै अधिवेशन प्रदेश मुकामहरुमै हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell