PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सर्वोच्चको घटनाले शक्ति पृथकीकरण खलबलिने अवस्था आयो, गठबन्धनको एकीकृत धारणा बनाऔँः एकीकृत समाजवादी



पहिलोपोस्ट

सर्वोच्चको घटनाले शक्ति पृथकीकरण खलबलिने अवस्था आयो, गठबन्धनको एकीकृत धारणा बनाऔँः एकीकृत समाजवादी

काठमाडौंः नेकपा एकीकृत समाजवादीले सर्वोच्च अदालतमा देखिएको घटनाले शक्ति पृथकीकरण खलबलिने अवस्था आएको बताएको छ। ललितपुरको हेरिटेज गार्डेनमा बसेको केन्द्रीय कमिटीको बैठकले अदालतमा प्रधानन्यायाधीशविरुद्ध वकिलहरुले गरिरहेको आन्दोलनप्रति गम्भीर ध्यानकर्षण भएको निष्कर्ष निकालेको हो।

'न्यायलमा देखिएको समस्याले शक्ति पृथकीकरण खलबलिने अवस्था आएको छ,' प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने।

एकीकृत समाजवादीले गठबन्धनमा आवद्ध दलहरुको एकीकृत धारणा हुनुपर्ने बताएको छ। 'सबै दलको एकीकृत धारणा बनाउन बैठक अपिल गर्दछ,' खतिवडाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell