PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

न्यायालय प्रकरणमा कांग्रेस बैठकमा भएन छलफल, ‘अदालत स्वतन्त्र छ, मर्यादाको संरक्षण आफैँले गर्नुपर्छ’



पहिलोपोस्ट

न्यायालय प्रकरणमा कांग्रेस बैठकमा भएन छलफल, ‘अदालत स्वतन्त्र छ, मर्यादाको संरक्षण आफैँले गर्नुपर्छ’

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा नेपाल बार एशोसिएशन तथा आन्दोलनरत अन्य पक्षहरुले दलहरुको सहायता माग गरे पनि अहिलेसम्म औपचारिक छलफल भएको छैन। नेकपा (एकीकृत समाजवादी) को आइतबारको बैठकले साझा धारणाको पक्षमा जोड दिए पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको बैठकमा भने न्यायालय प्रकरणमा छलफल नभएको केन्द्रीय सदस्य एनपी साउदले बताए। 

केन्द्रीय सदस्य साउदले भने, ‘यसबारे कुनै  छलफल भएन। नेपाली कांग्रेसको संस्थागत मान्यता के हो भने अदालतको विवाद अदालतबाटै समाधान हुनुपर्छ। अदालत स्वतन्त्र छ। स्वायक्त छ। यसको मर्यादको संरक्षण अदालतबाटै हुनुपर्छ।’

अदालतमा पछिल्लो समय घटिरहेको घटनाले जनआस्थामा गम्भीर आँच आइरहेको भन्दै साउदले विवादमा चाँडो निकास दिनुपर्ने पनि बताए। अदालत स्वायक्त अंग भएकाले अदालतभित्रको विवादमा राज्यको अर्को अंगले प्रतिक्रिया दिनु शक्ति पृथकीकरणको व्यवस्था अनुसार नहुने पनि साउदले बताए। 

आन्दोलनरत पक्षले अन्य पक्षलाई गहार्नुभन्दा न्यायालयभित्रबाटै निकास दिनुपर्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell