PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेसले नेतृत्व चयन र नीति अधिवेशन फरक फरक गर्ने, यस्तो छ प्रस्ताव



पहिलोपोस्ट

कांग्रेसले नेतृत्व चयन र नीति अधिवेशन फरक फरक गर्ने, यस्तो छ प्रस्ताव

काठमाडौँः नेपाली कांग्रेस पदाधिकारी बैठकले नेतृत्व चयन र नीति अधिवेशनलाई फरक फरक गर्ने प्रस्ताव केन्द्रीय समितिमा गरेको छ। सबै महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुँदा पार्टीको नीति र कार्यक्रम ओझेलमा परेको भन्दै फरक-फरक रुपमा अधिवेशन गर्ने प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

पदाधिकारी बैठकको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा नेतृत्व चयन र नीति अधिवेशन फरक फरक हुनेछ।

केन्द्रीय महाधिवेशनले प्रत्यायोजन गरेको अधिकारभित्र रहेर नीति अधिवेशन हुने शर्माले बताए। उनले भने, ‘१४औँ महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशन बनाउने र त्यसपछि महाधिवेशन अधिकार प्रत्यायोवजन गरेर नयाँ आउने केन्द्रीय कार्यसमितिले नीति र कार्यक्रमको सन्दर्भमा अर्को अधिवेशन, केन्द्रीय महाधिवेशनले तय गरे बमोजिम नीति र कार्यक्रम लिएर जाने हामीले तय गरेका छौँ।’

हरेक महाधिवेशनमा नीति कार्यक्रमका दस्तावेज पेस भए पनि नीतिबारे पर्याप्त छलफल हुन नसकेको प्रवक्ता शर्माको स्वीकारोक्ति छ। प्रस्तावित नीति अधिवेशन महाधिवेशनले तय गरेको कार्ययोजना बमोजिम हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell