PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

केन विलियमसन बने टी-२० विश्वकपको फाइनलमा छिटो अर्धशतक बनाउने खेलाडी



पहिलोपोस्ट

केन विलियमसन बने टी-२० विश्वकपको फाइनलमा छिटो अर्धशतक बनाउने खेलाडी
ICC via Getty Images

टी-२० विश्वकप फाइनल अन्तर्गत आज जारी फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको हो।

यो स्कोर टी २० विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो स्कोर हो। यसअघि भारतले पहिलो एडिसनमा ५ विकेटको क्षतिमा १५७ रन बनाएको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डका कप्तान केन विलियमसनको अर्धशतक महत्वपूर्ण रह्यो। उनले ४८ बलमा १० चौका र ३ छक्काको सहायतामा ८५ रन बनाए। ३२ बलमै अर्धशतक बनाएका विलियमसन टी-२० विश्वकपको फाइनलमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन्। यसका लागि उनले कुमार सांगाकारा र जोए रुटको कीर्तिमान भंग गरेका छन्। सांगाकाराले २०१४ मा भारतविरुद्ध र रुटले २०१६ मा वेस्ट इण्डिजविरुद्ध ३३ बलमा अर्धशतक बनाएका थिए।

त्यस्तै, न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले २८ रन बनाउँदा डार्यल मिचेलले ११ तथा ग्लेन फिलिप्सले १८ रन जोडे। त्यस्तै जिम्मी निशम १३ रनमा र टिम सेइफर्ट ८ रनमा अविजित रहे।

बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलवुडले ३ विकेट लिँदा एडम जाम्पाले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell