PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा लकडाउन गर्न तयार भयो केजरीवाल सरकार



पहिलोपोस्ट

वायु प्रदूषण नियन्त्रण गर्न दिल्लीमा लकडाउन गर्न तयार भयो केजरीवाल सरकार
Photo : EPA

दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रण गर्न लकडाउन लगाउन आफूहरु तयार रहेको बताएको छ। अरविन्द केजरीवाल नेतृत्वको सरकारले सर्वोच्चमा प्रदूषण नियन्त्रण गर्न आफूहरु तयार भएको र राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली एनसीआर) पनि पनि यस्तै प्रतिबन्ध लगाउनु पर्ने बताएको हो।

सर्वोच्च अदालतले केन्द्र र राज्य सरकारलाई दिल्लीमा प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न सुझाव दिएको थियो। दुई दिनसम्म लकडाउन गर्ने गरि आपतकालिन योजना प्रस्तुत गर्न सर्वोच्चले भनेको थियो।

लकडाउनबाट वायुको गुणस्तरमा केही सुधार हुने अपेक्षा दिल्ली सरकारले लिएको छ। भारतका मुख्य न्यायाधीश एनवी रमन्नासहितको बेन्चले यो मुद्दाको सुनुवाइ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell