PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एकादशीको तीर्थालु बोकेको जीप दुर्घटनामा, चार जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो



पहिलोपोस्ट

एकादशीको तीर्थालु बोकेको जीप दुर्घटनामा, चार जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं : ओखलढुंगमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आज बिहान प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका ९ मा दुर्घटना भएको हो। दुर्घटनामा परेर १३ जना घाइते भएका छन्। घाइते भएकामध्ये ४ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी गोविन्द काफ्लेले बताए।

मृत्यु हुनेहरुमा ३ जना महिला र एक जना पुरुष भएको डीएसपी काफ्लेले बताए। एकादशीको मेलामा गएका तीर्थालु बोकेको जीप दुर्घटना भएको हो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell