PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

देउवासँग 'राजनीतिक न्याय' खोज्दै प्रकाशमान : बुढानीलकण्ठ नदेखेको हो र केन्द्रीय कमिटीको बैठक त्यहाँ राख्न ?



पहिलोपोस्ट

देउवासँग 'राजनीतिक न्याय' खोज्दै प्रकाशमान : बुढानीलकण्ठ नदेखेको हो र केन्द्रीय कमिटीको बैठक त्यहाँ राख्न ?

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बोलाएको भन्दै विरोध जनाएका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार आयोजना गरेको एक कार्यक्रममा उनले बुढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आईतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाएका हुन्।

‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा राख्छ। हिजो मैले बोले। कार्यालयमा राख्नु पर्‍यो नि वर्किङ कमिटी भनेर। भवनको के काम। बुढानीलकण्ठ हामीले नदेखेको हो र भन्या। उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानिलकण्ठ भगवानको पूजा गर्न जान्थेऊ नि त' सिंहले भने।

यस्तै, सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने समेत बताए। सत्ताको दूरुपयोग गरेर प्रहरीको घेरामा डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने उनले बताए।

सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निणर्य तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वसँग माग गरेका छन्।

'हाम्रै पार्टी सभापतिको गृह जिल्लामा के भयो ? के राम्रो भएको छ ? अहिले उहाँले सुनिराख्नु भएको छ नि त। त्यहाँको जिल्ला सभापतिले के भयो भन्ने कुरा। यो संगठन पकड गरेर विधि र नियम पूरा नगरी सत्तामा छु भन्दैमा प्रहरीको घेरामा अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ? यसले पार्टीलाई राम्रो गर्दैन।' उनले भने।

उनले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरेका छन्। विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell