PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

२१ वर्ष पहिलेको गीत, टिकटकमा अहिले हिट



पहिलोपोस्ट

२१ वर्ष पहिलेको गीत, टिकटकमा अहिले हिट

काठमाडौं : अहिले नेपाली टिकटकमा एक गीत निकै हिट भइरहेको छ। गीत हो: 'पापी लर्के जोवनले कहिले हसायो।

'घट्ट जस्तै फनफनी' बोलको यो गीत फिल्म 'हिरो' को हो। यस फिल्ममा राजेश हमाल, गौरी मल्ल, रेखा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म 'हिरो' रेखा थापाको डेब्यु फिल्म पनि हो।

'पापी लर्के जोवनले कहिले हसायो' गीतमा गायक तथा संगीतकार शम्भुजित बास्कोटाको शब्द र संगीत रहेको छ। गीतमा गायिका दीपा झा र बास्कोटाको नै स्वर सुन्न सकिन्छ।

यो गीतमा नृत्य गरेर टिकटक बनाउनेको संख्या अहिले बढ्दो छ। हालसम्म यस गीतमा २ लाख ५ हजार बढी टिकटक भिडियो बनिसकेका छन्।

@shreepandey_

My dance teachers 😂 @neelam_chand @thisisbipashna ##shree ##shreepandey ##nepalisong ##foryoupage ##foru

♬ original sound - NAREN OLI

यो गीतलाई २१ वर्षअघि भारतको मुम्बईमा रेकर्ड गरिएको थियो। फिल्मको लागि गाएको पुरानो गीत अहिले आएर टिकटकमा हिट हुँदा दगं छन् गायक तथा संगीतकार शम्भुजित बास्कोटा।

'अहिलेको पुस्ताहरुले पुरानो गीतलाई टिकटकमा ल्याएर हिट बनाइदिनुभएको छ। यो गीत अहिलेको पुस्तालाई सुहाउने गरि एरेन्ज गरेका थियौँ। पुराना हामीले गरेका सिर्जनालाई मन पराएर टिकटक बनाउँदा निकै खुसी लागिरहेको छ' उनले भने।

पुराना गीतहरुलाई अहिलेका युवापुस्ताहरुले मन पराएर टिकटक बनाउनु निकै राम्रो भएको उनले बताए। भन्छन् 'यसरी पुराना गीतहरुलाई टिकटकमा हिट गरिदिँदा हाम्रो पुरानो शैली, सुगम संगीत र नेपाली लोकसंगीत संसारभरि पुग्ने गर्छ। विश्वमा पनि नेपाली संगीत यस्तो रहेछ भन्ने थाहा हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell