PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एमाले महाधिवेशनका लागि पर्साबाट २९ जना प्रतिनिधि चयन



पहिलोपोस्ट

एमाले महाधिवेशनका लागि पर्साबाट २९ जना प्रतिनिधि चयन

वीरगंज : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्सामा प्रतिनिधि चयन गरिएको छ। पर्साको चार वटै निर्वाचन क्षेत्र र दलितबाट २९ जनाको नाम सर्वसम्मतिले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले बताए।

पर्सा क्षेत्र नं १ बाट इश्लाम हवारी, बसरुद्दीन अन्सारी, अरविन्द सिंह,  डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा, क्षेत्र नं २ बाट गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विणा शर्मा चयन भएका छन्। यस्तै, क्षेत्र नं ३ बाट राज कुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह र लक्ष्मी कुशवाह चयन हुँदा क्षेत्र न ४ बाट जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी चयन भए।

त्यस्तै, जिल्लाको दलित कोटाबाट प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ बच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

महाधिवेशन प्रतिनिधिका लागि कार्तिक २५ गते पार्टी कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो। एमाले को दशौं महाधिवेशन मंसीर १० गते देखी १२ गते सम्म चितवनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell