PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

अक्षयकुमार र मानुषीको फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक



पहिलोपोस्ट

अक्षयकुमार र मानुषीको फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक
Photo : Masala

अक्षयकुमार अभिनित बलिउड फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक भएको छ। यो फिल्म राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित छ। फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्।

अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। यो उनको डेब्यु फिल्म हो।

ऐतिहासिक विषयमा बनेको फिल्मको टिजरलाई अक्षयकुमारले ट्वीट गर्दै भनेका छन्, 'गर्व र बहादुरीको एक वीर कहानी। सम्राट पृथ्वीराजको भूमिका निभाउन पाउँदा निकै गर्व लागिरहेको छ।'

अक्षयकुमार र मानुषी छिल्लरका साथै फिल्ममा सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यशराज ब्यानरले निर्माण गरेको फिल्ममा निर्देशन डाक्टर चन्द्रप्रकाश द्विवेदीको रहेको छ। फिल्म आउँदो २१ जनवरी २०२२ मा सिनेमाघरमा रिलिज हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell