PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

चोलेन्द्र शम्शेरको विज्ञप्ति, न्यायको विचलन र भ्रष्टाचार लुकाउने दुष्प्रचार : पूर्व न्यायाधीशहरुको फोरम



पहिलोपोस्ट

चोलेन्द्र शम्शेरको विज्ञप्ति, न्यायको विचलन र भ्रष्टाचार लुकाउने दुष्प्रचार : पूर्व न्यायाधीशहरुको फोरम

काठमाडौं : आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले जारी गरेको विज्ञप्तिलाई पूर्व न्यायाधीशहरुको फोरमले न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरेको दुष्प्रचारका रुपमा अर्थ्याएको छ।

बारलाई वार्तमा आउन जबराले जारी गरेको वक्तव्यका विषयमा सोमवार पत्रकार सम्मेलन गर्दै पूर्व न्यायाधीशहरुको फोरमले यस्तो निष्कर्ष निकालेको हो।

फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रधानन्यायधीश चोलेन्द्र शम्मशेर राणाबाट जारी गरिएको वार्ताको लागि आह्वानको विज्ञप्ति न्यायको विचलन भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयासमात्र हो। यो न्यायलयको हितमा रहेको देखिँदैन।'

आजमात्र प्रधान न्यायाधीशले विज्ञप्ति जारी गर्दै अदालतमा देखिएको विवादको संवाद मार्फत् समाधान खोज्न आग्रह गरेका थिए।

त्यस्तै, फोरमले राणाबाट अब न्यायालयको नेतृत्व हुन नसक्ने समेत भनेको छ। प्रधान न्यायाधीशले नेपाल बार एशोसिएनको विश्वास गुमाइसकेको फोरमको तर्क छ। त्यस्तै, अदालतमा विचाराधीन मुद्दामा प्रधान न्यायाधीशले बोलेको भन्दै गलत अभ्यास भएको समेत बताए।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रिकृत गरेको छ। आज सर्वोच्च अदालतभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। यता नेपाल बार एशोसिएनले पनि प्रधानन्यायधीश राणाको वार्तालाई अस्वीकार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell